बिहीबार, जेठ ३, २०८१

बेलायतको एक विद्यालयमा कारको ठक्करबाट सात बालबालिकासहित नौ घाइते

नेपालखोज २०८० असार २१ गते १९:१७

काठमाडाैं । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट सात बालबालिकासहित नौ जना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयका सात बालबालिकासहित नौ जना घाइते भएका हुन् ।

विम्बल्डनको एक निजी ‘स्टडी प्रिप गल्र्स स्कूल’मा भएको घटनालाई प्रहरीले आतंकसँग सम्बन्धित नठानेको बताएको छ । स्थानीय सांसद स्टिफन ह्यामन्डले बिबिसीसँग कुरा गर्दै दुर्घटनालाई ‘असाधारण दुःखद घटना’ भन्दै हताहत भएकामध्ये धेरैलाई ‘गम्भीर चोट लागेको मानिएको’ आफूले बुझेको बताए ।

विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा रोकेको देखिन्छ । गाडी रङ्गीन प्ले म्याट र टेबल जस्तो देखिने घाँसे मैदानमा थियो ।

विम्बलडन कमन नजिकैको क्याम्प रोडमा स्थानीय समयअनुसार बिहान १० : ०० बजे प्रहरी, एम्बुलेन्स र दमकल सेवालाई घटनास्थलमा बोलाइएको थियो । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पत्रकारहरूले विद्यालय बाहिरको सडक साँघुरो भएको र सामान्यतया कुनै पनि गति बढाउन गाह्रो हुने बताएका छन् । rss

प्रतिक्रिया