डेंगुको ज्वरो : कारण तथा लक्षण

नेपालखोज २०८० असार २२ गते ५:४६

नेपालमा डेंगुको संक्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले डेंगुका बिरामी बढ्न थालेको जानकारी दिए ।

डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने पीडादायक तथा शरिर कमजोर पार्ने रोग हो । दोस्रो पटक अर्थात दोहोर्‍याएर डेंगु भाइरसबाट संक्रमित भएका मानिसहरूलाई गम्भीर रोग लाग्ने उच्च जोखिम हुन्छ । डेंगु ज्वरोमा उच्च ज्वरो आउने, दाग लाग्ने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छन् । केही गम्भीर अवस्थाले रक्तस्राव र स्ट्रोक निम्त्याउँछ जुन जीवनका लागि घातक साबित हुन सक्छ।

डेंगुको कारण

डेंगु ज्वरो चारवटा मध्ये कुनै एक डेंगु भाइरसका कारणले हुन्छ। यी भाइरसहरू ती भाइरसहरूसँग सम्बन्धित छन् जसले वेस्ट नाइल संक्रमण तथा पीत ज्वर निम्त्याउँछन । संक्रमित व्यक्तिको वरिपरि बस्दा डेंगु सर्दैन । यो मुलत लामखुट्टेको टोकाइबाट सर्छ। जब संक्रमित लामखुट्टेले कुनै व्यक्तिलाई टोक्छ तब भाइरस त्यो व्यक्तिको रगतमा प्रवेश गर्छ र संक्रमण निम्त्याउँछ।

डेंगु ज्वरोबाट निको भइसकेपछि हामिमा आफुलाई संक्रमित गर्ने भाइरसप्रति दीर्घकालीन प्रतिरोधात्मक क्षमता बिकसित हुन्छ – तर अन्य तीन प्रकारका डेंगु भाइरसमा यस्तो हुँदैन। यसको अर्थ हामि भविष्यमा अन्य तीन प्रकारका भाइरस मध्ये कुनैबाट पनि संक्रमित हुन सक्छौं । यदि दोस्रो, तेस्रो वा चौथो पटक डेंगुले संक्रमित गर्छ भने बिमारिको अवस्था गम्भीर हुने जोखिम बढ्छ।

डेंगु ज्वरोका लक्षण

डेंगु ज्वरोका लक्षण सामान्यतया संक्रमण भएको चार देखि छ दिनमा सुरु हुन्छ र १० दिनसम्म रहन्छ ।

यसमा यस्तो हुन सक्छ :
– अचानक उच्च ज्वरो ९१०५ डिग्री०
– कडा टाउको दुखाइ
– आँखा पछाडि दुखाइ
– कडा जोर्नी र मांसपेशी दुखाइ
– थकान
– वाकवाकी , वान्ता तथा पखाला
– छालामा दाग, जुन ज्वरो सुरु भएको दुईदेखि पाँच दिन पछि देखिन्छ
– हल्का रगत बग्नु (जस्तै नाकबाट रगत बग्नु, गिजाबाट रगत बग्नु वा सामान्य चोट)

कहिलेकाहीं डेंगु ज्वरोका लक्षण हल्का हुन्छन् र फ्लू वा अन्य भाइरल संक्रमणको लक्षण जस्तै देखिन सक्छ । साना केटाकेटीहरू र पहिले कहिल्यै संक्रमण नभएका व्यक्तिहरूमा ठूला बालबालिका तथा वयस्कहरूको तुलनामा हल्का प्रभाव देखिन्छ । यद्यपि त्यसले गम्भीर समस्या निम्त्याउन सक्छ । यसमा डेंगु हेमोरेजिक ज्वरो, उच्च ज्वरो, लिम्फ र रक्तनलीमा क्षति, नाक र गिजाबाट रगत बग्ने, कलेजो सुन्निने तथा रक्तसंचार प्रणालीको विफलता जस्ता दुर्लभ जटिलताहरू समावेश छन् ।

लक्षणहरू बढदै जाँदा रक्तस्राव, स्ट्रोक हुँदै बिमारिको मृत्यु सम्म हुन सक्छ । यसलाई डेंगु शक सिन्ड्रोम ९म्क्क्० भनिन्छ। कमजोर प्रतिरक्षा प्रणाली भएका र दोस्रो पटक डेंगुको संक्रमण भएका व्यक्तिहरूलाई डेंगु हेमोरेजिक हुने जोखिम उच्च रहेको मानिन्छ। गम्भीर डेंगु ज्वरो तब हुन्छ जब रक्तनलीहरू क्षतिग्रस्त हुन्छन र त्यसमा चुहावट हुन्छ। यसमा रक्तप्रवाहमा क्लट बनाउने कोशिकाहरू ९प्लेटलेटहरू० को संख्या घटछ ।

यसले स्ट्रोक, आन्तरिक रक्तस्राव, अंग विफलता र मृत्यु सम्म निम्त्याउन सक्छ।

गम्भीर डेंगु ज्वरोको लक्षण

गम्भीर डेंगु ज्वरोको लक्षण आपतकाल हो जुन छिट्टै विकास हुन सक्छ। यस्तो लक्षण सामान्यतया ज्वरो आएको एक वा दुई दिन पछि सुरु हुन्छ । यसमा निम्न संकेत वा लक्षणहरू समावेश हुन सक्छन स्
– कडा पेट दुख्नु
– बारम्बार बान्ता हुनु
– गिजा वा नाकबाट रगत बग्नु
– पिसाब, दिसा, वा वान्तामा रगत देखिनु
– छाला मुनि रगत बग्नु , जुन दाग जस्तो देखिन सक्छ ।
– सास फेर्न कठिनाई ९गाह्रो वा छिटो सास फेर्न० थकान
– चिढचिडापन वा बेचैनी ।

यदि आफुलाई ज्वरो आएको छ र माथिका कुनै पनि लक्षण अनुभव भए तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।

प्रतिक्रिया