बुधबार, चैत ५, २०८१

नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

नेपालखोज २०७७ असार ३ गते १७:१५

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिला रहेकी छन् ।

Advertisement

जेठ ३० गते नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना भएकी उनको १ गते नै मृत्यु भएको थियो । उनको हिजो आएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण भएको पाइएको हो । हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया