को हुन् लेडि डन गीता तिवारी ?

काठमाडाैं । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् ।
आज हामी भैरहवासँग सिमाना जोडिएको उत्तर प्रदेशको गोरखपुर जिल्लाकी यीनै महिला ग्याङ्गस्टरका बारेमा बताउन गइरहेका छौँ ।
गोरखपुर सहरको सूर्यविहार कालोनी निवासी स्व। शिवकुमार तिवारीकि श्रीमती गीता तिवारी चोरीलगायत कैयौं मुद्दामा जेल परिसकेकि छिन् । बिबाहअघि गीता संवासिनीस्थित माइतीघरमा थिइन् । उनले हिन्दू युवा वाहिनीसँग सम्बद्ध शिवकुमार तिवारीसँग तत्कालीन डिएमको पहलमा विवाह गरेकी थिइन्। शिवकुमार त्यतिबेला समाजसेवी थिए । पछि उनी लागूओैषध तस्करीतिर लागे ।
शिवकुमारको मृत्यु भएपछि गीताले उनको सम्पूर्ण व्यवसाय सम्हालिन् । उनी चोरीका मुद्दामा जेल परिन भने घरमा अपराधीहरु आउने–जाने हुँदा प्रहरीले उनलाई गुण्डा बनाएर पनि जेल पठायो । केही दिनअघि उनी धरौटीमा जेलबाट बाहिर आएकी थिइन् ।
शिवकुमारसँग विवाह गरेपछि गीताले अर्केस्ट्रा सञ्चालन गर्न थालेको बताइएको छ । त्यसपछि शिवकुमार आफ्नी श्रीमती गीतासँग कोतवाली इलाकामा भाडाको घरमा बस्दै आएका थिए । करिब दश वर्षअघि गीताको घरमा छापा मार्दा पाँच जना अपराधी पक्राउ परेका थिए । उक्त मुद्दामा गीता पहिलो पटक जेल गएकी थिइन् ।
त्यसपछि शिवकुमारलाई हिन्दू युवा वाहिनीबाट निष्कासित गरियो। शिवकुमार कहाँबाट आए कसैलाई थाहा छैन। उनी राजाघाट क्षेत्रमा कोठा भाडामा लिएर बस्ने गर्दथे । यही क्रममा उनले समाजसेवा गर्न थाले । हिन्दू युवा वाहिनीबाट निष्कासित भएपछि उनी कोतवाली क्षेत्रमा भाडाको कोठामा बस्न थाले र तत्कालीन डीएमको सम्पर्कमा आएपछि उनले गीतासँग विवाह गरे ।
गीता तिवारीको आपराधिक इतिहास
४० वर्षीया गीता तिवारीविरुद्ध विगतमा ज्यान मार्ने उद्योग, डकैती, लागुऔषध ओसारपसार , गुण्डागर्दीलगायत ६ वटा मुद्दा दर्ता भएको बताइएको छ । यसमा कोतवाली थानामा आईपीसी धारा ४५७, ३८०, ४११ र गोरखनाथ थानामा आईपीसी धारा ३८०, ४११, ४५७, ३८०, ४११, ४५७, ३८०, ४११, ३९१० गैंगस्टर ऐन, १४ अन्तर्गत पाँच छुट्टाछुट्टै मुद्दाहरू छन्। केही मुद्दा १४८, १४९ र ३०७ अन्तर्गत दर्ता भएका छन् । उनीविरुद्ध जसु जैसवालको हत्याको प्रयास, डकैती, हतियार ऐन, ३९१० यूपी गैंगस्टर ऐन अन्तर्गत कुल १२ वटा मुद्दा दर्ता छन् ।
गोरखपुरमा पहिले हरिशङ्कर तिवारी र वीरेन्द्र शाहीको आतंकको कुरा सुनिए पनि पछि श्रीप्रकाश शुक्लाको उदय भयो ।
तर केही वर्षयता गीता तिवारी नामकी लेडी डनले उक्त सिमावर्ती भारतिय क्षेत्रमा आतंक फैलाइरहेकी थिइन् । उनी अक्टोबर २०२० मा पारिवारिक समारोहमा फायरिङपछि चर्चामा आएकी थिइन् । अपराधको क्षेत्रमा गीता तिवारीको इतिहास धेरै पुरानो भने होइन । गीता तिवारी गोरखपुरको आश्रय गृहमा हुर्किएकी थिइन् ।
उनका श्रीमान शिवकुमार त्यतिबेला हिन्दु युवा वाहिनीसँग आवद्ध थिए र गोरखपुर सहरको कोतवाली क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए । केही समयपछि शिवकुमार छोरीको पिता बनेपछि घरेलु जिम्मेवारी बढ्यो । यस्तो अवस्थामा उनले समाजसेवासँगै तस्करी पनि सुरुगरेका थिए । अर्कातर्फ गीताले अर्केस्ट्रा कम्पनी खोलेर घरखर्च जुटाउन थालिन् । यसबिच जब शिवकुमारको कालो करतुत संगठनका पदाधिकारीहरू लाइ थाहा भयो तब उनलाई हिन्दू युवा वाहिनीबाट निकालियो।
बिहेको दुई–तीन वर्षपछि शिवकुमारको कामका बारेमा जानकारि पाएपछि प्रहरीले उनको डेरामा छापा मारेको थियो जहाँबाट अन्य तीन जना अपराधी पक्राउ परेका थिए । त्यसपछि तिवारी दम्पतीसहित पाँचै जनालाई जेल पठाइएको थियो ।
सन् २०१६ मा श्रीमानको निधन भएपछि गीता तिवारीले लागुऔषध तस्करीका सबै काम आफैं चलाउन थालिन् । यसपछि गीता चोरी, डकैती र हत्या प्रयास जस्ता मुद्दामा कैयौं पटक जेल परेकी थिइन् । २० अक्टोबर २०२० मा गीता तिवारी जेलबाट बाहिर आएपछि उनले आफ्नो घरमा पार्टी आयोजना गरिन् ।
उक्त पार्टीमा गीताले गोली चलाएकि थिइन जसमा दुई जना गम्भीर घाइते भएका थिए । गोली हानाहान पछि गीतालाई फेरि गोरखपुर जेल पठाइए पनि जेलभित्र महिला कैदीहरूसँग झगडा गरेका कारण उनलाई देवरिया जेल सारिएको थियो ।

प्रतिक्रिया