शनिबार, जेठ ५, २०८१

कम्तीमा १५ दिन भर्ना अभियान सञ्चालन गर्न काठमाडौं महानगरको आग्रह

नेपालखोज २०८० असार २२ गते ११:४२

काठमाडौं । काठमाडौं महानगरले एइई नतिजापछि कम्तीमा १५ दिन भर्ना अभियान सञ्चालन गर्न आग्रह गरेको छ । देशका दुर्गम क्षेत्रबाट कक्षा ११ मा भर्नाका लागि आउने विद्यार्थी अवसरबाट बञ्चित हुनु परेको विगतको गुनासोलाई सम्बोधन गर्न १५ दिन भर्ना अभियान सञ्चालन गर्न आग्रह गरेको मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए ।

उनले भनेका छन्, ‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ । यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।’

महानगरले एसइई परीक्षामा पास भएर कक्षा ११ मा काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउन आग्रह गरेको छ ।

छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा यही वर्षदेखि महानगरपालिकाले नै सञ्चालन गर्न लागेको छ ।

प्रतिक्रिया