बिहीबार, वैशाख ६, २०८१

टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस् : क्याथरिन चेन

नेपालखोज २०७७ फागुन १२ गते ११:४९

कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुमेइराह हिमालयज होटल, शंघाईमा हुवावे, ग्लोबल मोबाइल एसोसिएशन (जीएसएमए), फुडान विश्वविद्यालयको वातावरणीय अर्थशास्त्र केन्द्र र द पेपरले संयुक्त रुपमा सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय उद्योग नियामकहरू सहित चीन, मलेसिया, स्पेन, थाइल्यान्ड, हंगेरी र पोर्तुगलका थिंक ट्यान्क्स लगायत विश्वभरका संगठनहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले अनलाइन र व्यक्तिगत रूपमा दुबैमा सामेल भइ, राम्रो कनेक्टेड विश्वको दिगो विकासमा डिजिटल प्रविधिको महत्वबारे छलफल गरेका छन् । सम्मेलनमा अनलाइन मार्फत ५० भन्दा बढी देशका १००० भन्दा बढी अतिथिहरू उपस्थित थिए ।

हुवावेकी वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य चेन लिफाङले, “टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्“ शीर्षकको किनोट स्पिच दिनुभयो जहाँ उहाँले टेक्नोलोजीलाई मानव प्रगतिको लागि एक ईन्जिनको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर वर्णन गर्नुभयो । व्यक्ति र व्यवसायलाई ठूलो सोच्न र सानो काम गर्न आह्वान गर्दा चेनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र हरित, नवीन र समावेशी संसारको निर्माणमा आफ्नो समर्थन दोहोराउनु भयो ।

२०२० को बारेमा हामी सबैमा मिश्रित भावनाहरू थिए । महामारीले हाम्रो जीवन परिवर्तन गरेको छ । हामीले ग्रहण गरेका धेरै चीजहरू अब अवस्थित छैनन् र हाम्रा मानहरू परिवर्तन भएका छन् । गत बर्षको मेरो सबैभन्दा ठूलो कुरा समाजको सहमतिमा पुग्न कत्ति गाह्रो छ, भन्ने हो । त्यहाँ लगातार संघर्ष र असहमति देखिन्छ, लकउन गर्न आवश्यक छ कि छैन भनि निर्णय गर्न देखी मास्क लगाउन कती को लायक छ भन्ने बहस को लागि ।

आज हामी संयुक्त राष्ट्रसंघका १७ दिगो विकास लक्ष्यहरू बारे छलफल गर्न आएका छौं । म व्यक्तिगत रूपमा विश्वास गर्दछु कि यी लक्ष्यहरूलाई अगाडि बढाउनको लागि टेक्नोलोजी महत्त्वपूर्ण छ, र हामीले सँगसँगै टेक्नोलोजीको शक्ति पूर्ण रूपमा दिगो राख्न र दिगो विकासको लागि दुईवटा कुरा गर्नुपर्छ ।

हाम्रो पहिलो चुनौती भनेको प्रविधि मानव प्रगतिको ईन्जिन हो कि होइन त्यसमा इमान्दार सहमतिमा पुग्न हुनेछ ।

इतिहासलाई फर्केर हेर्दा, हामीले देख्यौं कि विज्ञान र प्रविधिमा सफलताहरू सङ्गै कति ठूला सामाजिक परिवर्तनहरू हुन्छन् । तर आज, प्राविधिक प्रगतिहरू अतिरन्जित र राजनीतिकरण गरिएको छ, कहिलेकाँही आलोचना समेत गरिएको छ । धेरैले डर र अविश्वासको कारण प्रविधिको शक्तिमा विश्वास गर्न छोडेका छन् । केहिले प्रविधिको विकासमा बाधा पु¥याउन ठूलो प्रयास गर्दैछन् ।

मैले हालसालै एउटा रिपोर्ट पढें जुनमा भनिएको छ कि कुनै पनि महत्त्वपूर्ण डिजिटल प्लेटफर्म जुन चीनले हावी गरेको छ अमेरिकाको लागि एकदम खतरनाक हुनेछ यदि प्रभावकारी ढंगले नियन्त्रण गरिएको छैन भने र फाइभ जी त्यस्तै एक प्लेटफर्म हो ।

फाइभ जी एक स्ट्यान्डर्डाइज्ड प्रविधि हो जुन यसको उच्च ब्यान्डविथ, कम विलम्बता र व्यापक कन्नेक्टिभिटीबाट परिभाषित गरिएको छ । यसले परम्परागत उध्योगहरूलाई रूपान्तरण गर्न मद्दत गर्दछ र सबैलाई फाइदा पुग्न सक्छ । व्यापक फाइभ जी डिप्लोइमेन्ट विश्वभरका धेरै उद्योगहरु मा अहिले नै देख्न सकिन्छ । प्रत्येक दिन उपभोक्ताहरूले फाइभ जी अनुभवबाट लाभान्वित हुन्छन्, र बन्दरगाह, खानी, र यातायात क्षेत्रमा औधोगिक प्रयोगबाट परिचालन दक्षता बढाउँदैछ । के यो नराम्रो चीज हो ? मलाई त्यस्तो लाग्दैन।

यदि हामी दावी गर्छौं कि प्रविधि अत्यन्तै महत्त्वपूर्ण छ तर यसको विकास वैचारिक रूपमा गलत छ, यसले विभाजन, भ्रम, र प्रतिगमनको मात्र परिणाम दिन्छ ।हामीले यस विषयमा विश्वव्यापी सहमतिमा पुग्नुपर्दछ र यसलाई समाजको फाइदाको लागि उपयोग गर्न प्रविधिको शक्तिमा विश्वास गर्नुपर्दछ ।

कसैले नयाँ प्रविधिको दुरुपयोग गर्नेछन् भन्ने खतरा अवश्य सधैं हुन्छ । यो कुनै नयाँ चिन्ताको विषय होइन । तर औधोगिक क्रान्ति पछि, हामीले देख्यौं कि कसरी प्राविधिक जोखिमहरू नियन्त्रण गर्न नियमहरू स्थापना गर्दा हाम्रो सुरक्षा हुन सक्छ । नियमहरूको माध्यमबाट, प्राविधिक विकासहरूले राष्ट्रिय सीमाहरू पार गर्न र अनावश्यक जोखिम नलगाईकन सबैको जीविका सुधार गर्न सक्दछन् । हामी एउटा डिजिटल युगमा प्रवेश गर्दैछौं, र साइबर सुरक्षा, गोपनीयता संरक्षण, र हामीलाई सुरक्षित राख्ने विश्वस्त एआई को लागी शासन नियमहरू बनाउन धेरै काम गरिरहेका छन् । हामी बाँकीका लागि यो आत्मविश्वास र प्राविधिक विकासको लागि खुला हुने समय हो ।

हाम्रो दोस्रो चुनौती प्रविधिलाई वास्तवमै प्रभावकारी बनाउन र सबैको लागि भ्यालु सिर्जना गर्न दृढ कदम चाल्न हुनेछ ।

सहमतिमा पुग्न कठिन हुन सक्छ, तर प्रविधि बन्द गर्न सजिलो छ । उद्यमहरूका लागि, टेकमा विश्वास गर्न सानो कुराबाट सुरू हुन सक्छ । उदाहरणका लागि, न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) अवधारणालाई हेरौं । सामान्यतया, एमभीपी ले उत्पादन विकास चरणलाई जनाउँछ जहाँ तपाइँले बनाउनु भएको थोरै मात्र स्रोतहरूको प्रयोग गर्दा प्रयोगकर्ताका सबैभन्दा महत्वपूर्ण आवश्यकताहरू पूरा गर्दछ । त्यो एमभीपी त्यसपछि निरन्तर पुनरावृत्ति गरी, यसको प्रक्षेपण पछि परिष्कृत गर्न सकिन्छ ।

व्यापक सहमति निर्माण गर्न गाह्रो छ, त्यसैले हामी यस एमभीपी अवधारणा कोर्न सक्दछौं जसले प्राविधिक प्रगति जारी राख्न मद्दत गर्दछ । हामीसँग अहिले रहेको सीमित साझा बुझाइलाई केन्द्रित गर्दै र के स्रोतहरू वास्तवमा उपलब्ध छन् भन्ने कुरालाई ध्यानमा राखेर हामी क्रमशः प्रगति ड्राइभ गर्न सक्छौं । पुनरावृत्तिको मतलब उत्तम हो । द्वन्द्व बढाउनुको अर्थ निष्क्रियता हो ।
हुवावेले जहिले पनि प्राविधिक प्रगतिलाई समर्थन गरेको छ । हामी विश्वास गर्दछौं कि प्रबिधिले मानवतालाई फाइदा पु¥याउँछ । हामी थप् विश्वास गर्दछौं कि डिजिटल प्रबिधिले संयुक्त राष्ट्र संघलाई यसको एसडीजीहरू प्राप्त गर्न मद्दत गर्दछ । पहिले नै, हुवावेले एसडीजीहरू द्वारा निर्देशित डिजिटल प्रबिधिको धेरै अनुप्रयोगहरूको अन्वेषण गरेको छ ।

हुवावे स्मार्ट पिभि समाधान १४।८ करोड टनले कार्बन उत्सर्जन घटाउन ६० भन्दा बढी देशहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ । यो करिब २ करोड भन्दा बढी रूख रोप्नु बराबर हो । इथियोपियामा मात्र, हामीले हाम्रा ग्राहकहरूलाई ४०० भन्दा बढी सौर्य उर्जा स्टेशनहरू प्रयोग गर्न मद्दत गरेका छौं, जस मार्फत २,८५०० टनले कार्बन उत्सर्जन घटाउँदैछ । चीनमा, हामीले निइङ्सिया र शान्दोङ प्रान्तहरूमा कृषि र माछा मार्ने काममा समर्पित विश्वको सबैभन्दा ठूलो सौर्य स्टेशनहरू निर्माण गर्न पनि सहयोग गरेका छौं ।

अझ हुवावे र युनेस्कोले ईजिप्ट, इथियोपिया र घानाका स्कूलहरूलाई अनलाइन शिक्षाको साथ दिन उनीहरूको डिजिटल सीप सुधार गर्न सहयोग पु¥याउन ३ बर्षे साझेदारीमा ओपन स्कूल कार्यक्रम सुरू गरेका छन् ।

यी उदाहरणहरू मध्ये प्रत्येक एकल कनेक्सन्, प्रत्येक ग्राममा उत्सर्जनको कमी, प्रत्येक वाटको बिजुली बचत, हामीले गरेको प्रत्येक सानो सुधार, प्रबिधिमा सानो उन्नति नगरी हासिल गर्न सकिँदैन थियो । प्रविधिले यस्तो भ्यालु संसारमा ल्याएको छ ।

प्रतिक्रिया