हाँस्ने बोल्ने मान्छे पराई भएपछि …(भिडियो)

नेपालखोज २०८० असार २२ गते २१:१७

काठमाडौं । कलाकार सागर विरहीले एक वियोगान्त लोक गीत ‘पराइ भयो हाँस्ने बोलनी’सार्वजनिक गरेका छन् । सागरकै सृजना र एरेन्ज रहेको गीतको भिडियो निर्देशन र अभिनयमा पनि आफैँ प्रस्तुत भएका छन् ।

बागलुङ जिल्लाको ग्रामिण परिवेशमा छायांकन गरिएको भिडियोमा सागरको अतित (प्रेमिका)को भूमिकामा मौसमी राना मगर प्रस्तुत भएकी छिन् ।

सागर विरही यूट्यूव च्यानलमार्फत सार्वजनिक गीतमा छोडी जाने मायाकै पिरमा परेका प्रेमीले आँधीखोलालाई आफ्नो साथीको रुपमा चित्रित गरेको छ ।

सागरका दर्जनौ लोक तथा आधुनिक गीत दर्शक स्रोताले मन पराएका छन् । उनको ‘सम्झना छ भन्देउ’, ‘सुन ए माया गर्नेहरु’, ‘बस्ती पाल्पाको’, ‘जस्लाई कहिल्यै’, ‘विछोड’लगायतका गीत लोकप्रियको सूचीमा पर्दछ ।

विरही तनहुँको घिरिङमा जन्मेका हुन् ।

प्रतिक्रिया