आज नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सव

काठमाडौं । राज परम्परा अनुसार राजा हुने सम्भावना नै नभएका त्यस बेलाका युवराज महेन्द्रका माहिला छोरा वि.सं.२००४ असार २३ गते जन्मनु भएका ज्ञानेन्द्र शाह संयोग या भाग्यले भनौँ ३ वर्ष ४ महिनाको बाल्य उमेरमा वि.सं. २००७ कार्तिक २२ देखि २००७ पौष २३ गते सम्म नेपालको राजा भएका थिए ।
त्यस पछि फेरि राजा वीरेन्द्रको वंश नाश पछि वि.सं. २०५८ ज्येष्ठ २२ देखि २०६५ ज्येष्ठ १५ सम्म दोस्रो पटक नेपालको राजा बन्ने सौभाग्य पाए ।
देशमा गणतन्त्रको आगमनसँगै राजा हुने परम्परा हटाइए पछि शाहवंशको अन्तिम राजा हुन पुगे । राजसत्ता फेरी फर्कने सम्भावना न्यून रहेको परिवेशमा पनि देश हाँक्ने नेताहरूको चरित्रका कारण कतै फेरी राजाको परम्परा त फर्कन्न भन्ने पनि लाग्दछ । खैर अहिलेको राजनीतिक परिवेशमा भने राजा फर्कने सम्भावना छैन ।
तस्बिरको सम्बन्धमा – राजा वीरेन्द्रले २०४२ सालमा लुम्बिनीको सर्वाङ्गीण विकासका लागि विश्व समुदायसँग सहयोगको आह्वान गरेका थिए ।
यसको दुई वर्ष पछि संयुक्त राष्ट्र सङ्घले नेपाललाई संयुक्त राष्ट्र सङ्घ मार्फत लुम्बिनी विकासको खाका अगाडि राख्न अनुरोध गरिएको थियो ।
तात्कालिक अधिराजकुमार ज्ञानेन्द्र त्यस समय लुम्बिनी विकास कोषको अध्यक्षको नाताले संयुक्त राष्ट्र सङ्घले गठन गरेको लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समितिको विशेष बैठकमा सम्बोधनका लागि पुगेका थिए ।
प्रतिक्रिया