सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
हिजो बेलुका ८ बजे मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा प्रदेश न.१-०२-००२ च ४१७३ नम्बरको बोलेरो पिक अप गाडीले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश न.१-०२-००३ ह १३१२ नम्बरको अटोलाई ठक्कर दिँदा घाइते भएका अटो चालक कानेपोखरी गाउँपालिका-६ का ३५ वर्षीय सागर तामाङको मदान भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा र अटोमा सवार कानेपोखरी-८ की ८ वर्षीया रोशनी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने ३३ वर्षीय टिका आले मगरको सोही अस्पतालमा उपचार भईरेहका छन् ।
त्यसै गरी कानेपोखरी गाउँपालिका(७ रंगेली सडक खण्डमा प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिराहा लाहानका २५ वर्षीय सन्तोष भुजेलको ट्रमा सेन्टर उर्लाबारी मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो भने पछाडि सवार ३० वर्षीय वीरेन्द्र मगरको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
ठक्कर दिने बोलेरो पिक अप गाडी र चालक लेटाङका ४१ वर्षीय सन्तोष घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
प्रतिक्रिया