शुक्रबार, असार ६, २०८२

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍याे

नेपालखोज २०८० असार २३ गते १९:३१

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेर गल्ती गरेको बताएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिई सीधै राजीनामा मागेर गल्ती गरेकाे बताए ।

समाजवादी मोर्चाको बैठकपछि शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले उक्त धारणा राखेका हुन् ।

भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया