शुक्रबार, असार ६, २०८२

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

नेपालखोज २०८० असार २४ गते ७:००

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुँदै छ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो ।

कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश; मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।

प्रतिक्रिया