बिहीबार, वैशाख २०, २०८१

भवन भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

नेपालखोज २०८० असार २४ गते १५:२२

शिमला । हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्याएको छ ।

यसैबीच, उत्तर प्रदेशको मैनपुरी जिल्लामा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार चट्याङको घटना भएको हो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मैनपुरीका अतिरिक्त जिल्ला मजिस्ट्रेट रामजी मिश्राले एएनआईलाई बताएका छन् ।

प्रतिक्रिया