बिहीबार, वैशाख २०, २०८१

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

नेपालखोज २०८० असार २४ गते १८:०९

वाद मदानी । संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ ।

खार्तूमको भगिनी शहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा सर्वसाधारण घाइते भएको सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुडानका प्रतिद्वन्द्वी जनरलहरूबीच करिब तीन महिना लामो युद्धपछि भएको यो हवाई आक्रमण आक्रोश भड्काउने पछिल्लो घटना हो ।

उनले भने, ‘द्वन्द्वमा करिब तीन व्यक्तिको मृत्यु भएको छ, पीडितहरूले यौन हिंसाको लहरको रिपोर्ट गरेका छन् र प्रत्यक्षदर्शीहरूले जातीय रूपमा लक्षित हत्याहरूको बारेमा बताएका छन् । त्यहाँ व्यापक लुटपाट भएको छ र संयुक्त राष्ट्रसङ्घले डार्फर क्षेत्रमा मानवताविरुद्धको सम्भावित अपराधबारे चेतावनी दिएको छ ।’

स्वास्थ्य मन्त्रालयले फेसबुकमा पोस्ट गरेको भिडियोमा हवाई आक्रमणपछि टुक्रा–टुक्रा पारिएको शव आंशिक रूपमा भुइँमा ढाकिएको देखिएको छ । पीडितमध्ये कैयौँ महिला पनि थिए ।

प्रतिक्रिया