मंगलबार, असार २४, २०८२

अदालत अवहेलनाको मुद्धामा तारेख पर्चा पाएपछि बालेनले के भने ?

नेपालखोज २०८० असार २४ गते २०:११

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त गरेपछि आक्रोश पोखेका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले लेखेका छन्,‘ आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी ।’

मेयर साहले सरकार र अदालतलाई भारतको गुलाम भएको आरोप लगाएपछि उनीविरुद्ध अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिक्रिया