नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार २४ गते २२:५७
ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित तीन जना पक्राउ ।
तीन शीर्ष दलका नेताहरुको छलफल समाधानविहिन, संसद अवरोध खुल्न सकेन ।
कागजात शङ्कास्पद देखिएपछि जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकियो ।
सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ ।
अखाद्य सामग्री बिक्री गरेपछि काठमाडौं महानगरले गर्यो एक लाख ५० हजार जरिवाना ।
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी ।
कोशी सरकारका तीन मन्त्रीले लिए सपथ ।
विश्वकप छनोटको उपाधि श्रीलंकाको पोल्टामा ।
प्रधानमन्त्री कपमा आर्मी र एपिएफको लगातार दोस्रो जित ।
सम्बन्धित

प्रतिक्रिया