एसिया कपदेखि एकदिवसीय विश्वकपसम्मको लाइभ कहाँ हेर्ने ?

नेपालखोज २०८० असार २५ गते ५:३४

काठमाडाैं । सन् २०२३ को दोस्रो हाफ खेल प्रेमीहरूका लागि पूर्ण एक्सन प्याक हुने भएको छ । यस अवधिमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म तीनवटा ठूला प्रतियोगिता हुँदैछन् । एसिया कप – २०२३ भदौ १४ गते बिहिवार (अगस्ट ३१)मा सुरु हुँदै छ जसमा नेपाली क्रिकेट टिम नि सहभागी छ ।

अर्कातर्फ असोज ६ गते शनिबार (सेप्टेम्बर २३) देखि चीनको ग्वाङ्जाओमा एसियाली खेलकुद आयोजना हुँदै छ जसमा नेपालका पुरुष र महिला खेलाडीहरु पनि सहभागी हुनेछन् । त्यसपछि असोज १८ गते बिहीबार ( अक्टोबर ५ )देखि भारतमा क्रिकेटको महाकुम्भ ओडीआई विश्वकप – २०२३ सुरु हुनेछ । विश्वकप – २०२३ को फाइनल खेल मङ्सिर ३ गते आइतबार (१९ नोभेम्बर) मा हुनेछ ।

अर्थात् तीन महिना क्रिकेट विश्वमा निकै हलचल मच्चिनेछ । यी ३ ठूला प्रतियोगिताको लाइभ स्ट्रिमिङ कहाँ हेर्न पाइएला त ? क्रिकेटका फ्यानहरूमा एशिया कप, एकदिवसीय विश्वकपका  साथै एसियाली खेलहरू कसरी प्रत्यक्ष प्रसारण हेर्ने उत्सुकता हुनु स्वभाविक पनि हो ।

एशिया कप – २०२३ एशिया कप – २०२३ को पहिलो चार खेल पाकिस्तानमा हुनेछ । त्यसपछि बाँकी सबै खेल श्रीलंकामा हुनेछन् । यो प्रतियोगिताको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कसँग छ । टिभीमा स्टार स्पोर्ट्स नेटवर्कका विभिन्न च्यानलहरूमा यसको मजा लिन सकिनेछ। यसबाहेक, तपाईंले ओटिटी (OTT) मा हटस्टार (Hotstar)मार्फत यो प्रतियोगिता हेर्न सकिन्छ । यो प्रतियोगिताको पूर्ण समयतालिका र खेलको समय भने घोषणा हुन बाँकी छ ।

एसियाली खेलकुद १९औं एसियाली खेलकुद एक वर्षको ढिलाइपछि चीनको ग्वाङझाओमा हुँदैछ । यो कार्यक्रम २३ सेप्टेम्बर देखि ८ अक्टोबर सम्म चल्नेछ । सोनी स्पोर्ट्स नेटवर्कका विभिन्न च्यानलहरूमा यो सम्पूर्ण कार्यक्रमको आनन्द लिन सकिनेछ । यसैगरि ओटिटी (OTT) प्लेटफर्म सोनि लिभ (Sony Live)मा यसको लाइभ स्ट्रिमिङको मजा लिन सकिन्छ ।

एकदिवसीय विश्वकप – २०२३ त्यसपछि ५ अक्टोबर २०२३ देखि क्रिकेटको विश्वयुद्ध अर्थात् एकदिवसीय विश्वकप – २०२३ सुरु हुनेछ । यसको मिडिया अधिकार पनि स्टार स्पोर्ट्स नेटवर्कसँग छ अर्थात् स्टार स्पोर्ट्स नेटवर्कका विभिन्न च्यानलहरूमा यस प्रतियोगिताको प्रत्यक्ष खेलहरू टिभीमा हेर्न सकिनेछ ।

हटस्टार ( Hotstar ) मा पनि यो मेगा इभेन्टको लाइभ स्ट्रिमिङ हेर्न पाइनेछ । डिडि (DD) स्पोर्ट्सले पनि एशिया कप र ओडिआइ (ODI ) विश्वकपका खेलहरूको प्रत्यक्ष  प्रसारण गर्न सक्छ यद्यपि अहिलेसम्म यसको आधिकारिक अपडेट आइसकेको छैन् ।

प्रतिक्रिया