सफलताका लागि आवश्यक कदम

लगनको विकास
एउटा निश्चित उद्देश्यको पूर्तिका लागि बलियो इच्छाशक्ति आवश्यक हुन्छ । एउटा निश्चित योजना जसमा निरन्तर कार्य गरिनुपर्छ । मानिसहरूबाट नकारात्मक टिप्पणीहरू सहित हतोत्साहित गर्ने कामभए पनि त्यसको वास्ता गरिनु हुन्न । यी सबै सरल चरण हुन् जुन जीवनको लगभग सबै क्षेत्रमा सफलताका लागि आवश्यक हुन्छ।
आफ्नो परिस्थितिको अधिकतम सदुपयोग
आफ्नो मनलाई सकारात्मक बनाउने वाचा लिनुहोस् । साधारण चीजहरूमा आनन्द खोज्न सिक्नुहोस् । परिस्थितिको उत्तम सदुपयोग गर्नुहोस् । आँसु भन्दा हाँसोलाई प्राथमिकता दिनु आफैमा एउटा कला हो । यदि हामी आत्म(मूल्य, आत्मविश्वास तथा राम्रो अवसर चाहन्छौं भने के गर्न सकिन्छ त्यसमा नियन्त्रण कायम गर्दै र जे गर्न सकिँदैन त्यसको चिन्ता गर्न छोड्नुपर्छ ।
खुशी कामको प्रकृतिमा भरपर्छ
समयको विस्तार वा संकुचन पनि कामको प्रकृतिसँग सम्बन्धित छ। जब हामी कुनै काममा रुचि राख्छौं तब त्यो काम छिटो हुन्छ। कुनै काममा रुचि नभए त्यो काम त्यसै सुस्त हुन्छ । सुखि र खुसि मानिस त्यो हो जसले आफ्नो कामलाई माया गर्छ। किनभने उसले कम समयमा धेरै काम गर्न सक्छ, राम्रो काम गर्न सक्छ र सफल हुन सक्छ।
असफलताले सफलताको नजिक पुर्याउँछ
हामी जति असफल हुन्छौं वा गल्ती गर्छौ, त्यति नै सफलताको नजिक पुग्छौ । असफलताबाट पाठ सिक्नुपर्छ । गल्तीहरूको विश्लेषण गर्नुपर्छ । भविष्यमा गल्तीहरू दोहोर्याउनु हुँदैन । असफलतामा निराश हुनुहुँदैन । धैर्यवान रहेर पुनस् प्रयास गर्नुपर्छ । सफल हुन धैर्य गर्नैपर्छ ।

प्रतिक्रिया