शुक्रबार, जेठ ४, २०८१

भारतका उत्तरी र पश्चिमी राज्यमा भारी वर्षा

नेपालखोज २०८० असार २५ गते ७:४८

नयाँदिल्ली ।  भारतकाे उत्तर पश्चिम राज्यकाे अधिकांश भू-भागमा वर्षाको मौसम जारी छ । त्यस क्षेत्रमा मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । पछिल्लो २४ घण्टामा भारी वर्षाका कारण ती राज्यहरूमा ठूलो आर्थिक क्षति भएको बीबीसीले जनाएको छ ।

राजधानी दिल्लीलगायत उत्तराखण्ड, हरियाणा, पञ्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीरलगायत राज्यहरूमा आइतबार र सोमबार पनि भारी वर्षा भइरहेको छ । पश्चिमी राजस्थान र गुजरातमा पनि भारी वर्षा भइरहेको छ । 

हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत र इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

प्रतिक्रिया