बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभा उम्मेदवार बन्न १० हजार धरौटी बुझाउन पर्ने

नेपालखोज २०७६ पुष १९ गते ९:४२

१९ पुष, काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार भोली सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार भोली बिहान १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरीने निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्ने छ ।तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

प्रतिक्रिया