सोमबार, असार २३, २०८२

विदेशी विनिमय सञ्चिति पौने १५ खर्ब पुग्यो, साढे नौ महिनाको आयात धान्न पर्याप्त

नेपालखोज २०८० असार २५ गते १७:०१

काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैँकका अनुसार २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तसम्म विदेशी विनिमय करिब पौने १५ खर्ब पुगेको हो।

गत वर्ष असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोडबराबर थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भएर ११ अर्ब ३० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैँकमा १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ। गत वर्ष असार मसान्तसम्म यस्तो सञ्चिति १० अर्ब ५६ अर्ब ३९ करोड रहेको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा २५.१ प्रतिशतले वृद्धि भएको हो।

यसैगरी राष्ट्र बैँकबाहेक बैँक तथा वित्तीय संस्थामा जेठ मसान्तसम्म एक खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत पुगेको बताइएको छ।

आर्थिक वर्ष ०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैँकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैँकलले जनाएको छ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

चालू आर्थिक वर्षको ११ महिनाकाे तथ्यांकका आधारमा वित्तीय सूची :

–वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ।

–यात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ।

–विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ।

–शोधनान्तर स्थिति दुई खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ।

–कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको छ।

–संघीय सरकारको खर्च ११ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ र राजस्व परिचालन आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

–विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेक

प्रतिक्रिया