‘प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुन्छ’
नेपालखोज
२०८० असार २५ गते १९:०९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् ।
उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् ।
मिटर ब्याज पीडितहरूले महिनौंसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो ।
तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया