आइतबार, वैशाख १६, २०८१

सातै प्रदेशमा भारी वर्षाकाे सम्भावना

नेपालखोज २०८० असार २६ गते ६:२०

काठमाडाैं । हाल देशमा मनसुनी वायुको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको साथै मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया