विदेश भ्रमणमा नेपालीले सके १ खर्ब १९ अर्ब

नेपालखोज २०८० असार २६ गते ६:३८

काठमाडाैं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् ।

गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा रु ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए । सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो । यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा रु ८९ अर्ब १८ करोड बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च रु ५९ अर्ब ९९ करोड बराबर थियो ।

ट्विटरको प्रतिद्वन्द्वी थ्रेड्सका दश करोड प्रयोगकर्ता ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले सुरुवाति पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ ।

च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पु¥याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पु¥याउन साढे दुई वर्ष लागेको थियो । बुधवार र बिहीबार एक सय देशमा थ्रेडहरू एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भए भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन ।

थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्नेभन्ने निर्णयमा पुगिसकेको छैन । ट्वीटरको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ तर टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौं कर्मचारीहरूलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ ।

प्रतिक्रिया