शनिबार, जेठ ५, २०८१

कुमार प्रयासले गाए ‘मुटु भित्र’ (भिडियो)

नेपालखोज २०८० असार २६ गते २०:०३

काठमाडौं । गायक कुमार प्रयासले गाएको एक पछि अर्को गीत सार्वजनिक भएको छ । ‘पिरतीको कथा’सार्वजनिक गरिएको दुई हप्ता पछि कुमारको स्वरमा रेकर्ड गरिएको ‘मुटु भित्र’सार्वजनिक गरिएको छ ।

किम सम राईको गीत संगीत रहेको गीतमा देवेश राईको एरेन्ज रहेको छ । किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा प्रेमिका प्रतिको सर्मपणलाई प्रस्तुत गरिएको छ ।

कुमारले यसअघि ‘हिम्पी’, ‘जरुवाको पानी’, ‘मिठुको भट्टी पसल’, ‘मारेको छ नि हौँ’, ‘जुनको आँशु’, ‘फर्किने आशैमा’लगायतका गीत गाइसकेका छन् ।

प्रतिक्रिया