देश गरिब, ऋण ठुलो

नेपालखोज २०८० असार २७ गते ७:००

धेरैलाई अहिले के चिन्ता छ भने नेपालको बैदेशिक ऋण बढदै गएको छ । यद्यपि ऋण लिने मामिलामा नेपाल संसारको एक्लो मुलुक होइन । चिर र जापान संसारका सर्वाधिक ऋण बोक्ने मुलुक हुन भने सानो अर्थतन्त्र भएका मुलुकमा नेपाललाई उछिनेर ऋणको भार बोक्ने मुलुक धेरै छन् ।

यद्यपि बढदो बैदेशिक ऋणले देसको अर्थतन्त्रलाई दबाबमा राख्छ भने अनुत्पादक क्षेत्रमा लिइने यस्तो ऋणलाई राम्रो मानिदैन । विश्व बैंकको अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन अनुसार यी देश माथि जीडीपीभन्दा धेरै गुणा बढी ऋण छ ।

१. भेनेजुएला तेल र ग्यासको ठूलो भण्डार भए पनि दक्षिण अमेरिकी देश भेनेजुएलाको अन्तर्राष्ट्रिय ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा २४०.५ प्रतिशतले बढी छ।

२. सुडान अफ्रिकी देश सुडानसँग जीडीपीको १८१.९ प्रतिशत ऋण छ । सुडानको सरकारी राजस्वको ठूलो हिस्सा ऋण तिर्नमा खर्च हुने गरेको छ ।

३. इरिट्रिया अफ्रिकी देश इरिट्रिया पनि ऋण तिर्न बजेटको २० प्रतिशत खर्च गर्नेमा परेको छ। लामो समयदेखि हिंसाको सामना गरिरहेको इरिट्रियामा कुल गार्हस्थ्य उत्पादनको १७६.२५ प्रतिशत ऋण छ ।

४. लेबनान ५० लाख जनसंख्या भएको लेबनान मध्यपूर्वको सबैभन्दा सानो देश हो । १०,४५२ वर्ग किलोमिटर जमिनमा फैलिएको लेबनानमा १५०.६ प्रतिशत ऋण छ ।

५. केप भर्डे मध्य एट्लान्टिक महासागरमा १० वटा टापु समूह मिलेर बनेको केप भर्डेमाथि जिडिपिको १४२.३ प्रतिशत ऋण छ । सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएको यो देश पनि जलवायु परिवर्तनबाट त्रसित छ ।

६. सुरिनाम दक्षिण अमेरिकी महाद्वीपको एकदमै उत्तरी छेउमा अवस्थित सुरिनामको कुल गार्हस्थ उत्पादनको १२५.७ प्रतिशत ऋण छ। यो देश धेरै हदसम्म आल्मुनियम अयस्क बक्साइट तथा कृषि उत्पादनको निर्यातमा निर्भर छ।

७. माल्दिभ्स सार्क मुलुक माल्दिभ्स सेतो बालुवा भएको समुद्र तट र पर्यटनका लागि प्रसिद्ध छ। यद्यपि माल्दिभ्सको पर्यटनको यो चमकका पछाडि अर्थतन्त्रमा रहेको १२४.८ प्रतिशत ऋण लुकेको छ ।

प्रतिक्रिया