सोमबार, असार २३, २०८२

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

नेपालखोज २०८० असार २७ गते ९:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि थलिएकी थिइन् ।

स्वास्थ्यमा जटिलता आएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो । अहिले प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

प्रतिक्रिया