सोमबार, असार २३, २०८२

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने, आजै अन्त्यष्टिको तयारी

नेपालखोज २०८० असार २७ गते ९:४९

काठमाडौं । नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

नेकपा माओवादी केन्द्रले दिएको जानकारी अनुसार बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा श्रद्धान्जलीका लागि राखिने छ भने उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि थलिएकी थिइन् ।

स्वास्थ्यमा जटिलता आएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो । अहिले प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अहिले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतका नेताहरु अस्पताल पुग्ने क्रम जारी छ ।

प्रतिक्रिया