प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
नेपालखोज
२०८० असार २७ गते ९:५४

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।
अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा श्रद्धान्जलीका लागि राखिने छ भने उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया