नेप्सेमा सुधार : २५ अंकले बढ्दा तीन अर्ब १८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २५ दशमलव ३१ अंकले बढेर दुई हजार ९७ दशमलव ५५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीकाे कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले बढेर तीन सय ९२ दशमलव १५ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरुको ५९ हजार पाँच सय ३९ पटकको कारोबारमा ८५ लाख चार हजार तीन सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहहरुको सूचक घटेर बाँकी समुहहरुको सूचक बढेका छन् ।
जसमध्ये फाईनान्स समुहको सूचक ३९ दशमलव २० अंकले घटेर १९ सय ६७ दशमलव ४० अंकमा झरेको छ भने होटल तथा पर्यटन समुहको सूचक पनि ५१ दशमलव शुन्य आठ अंकले घटेर पाँच हजार सात सय ९९ दशमलव शुन्य आठ अंकमा झरेको छ ।
बाँणिज्य बैंक समुहको सूचक भने आठ दशमलव ७७ अंकले बढेर १२ सय १४ दशमलव ७८ अंकमा चढेकोमा बिकास बैंक समुहको सूचक पनि ३० दशमलव ८७ अंकले बढेर तीन हजार नौं सय ३७ दशमलव ४९ अंकमा चढेको छ । जलबिद्युत समुहको सूचक पनि एक सय दुई दशमलव ७२ अंकले बढेर २४ सय ३० दशमलव १३ अंकमा पुगेकोमा जीवन बीमा समुहको सूचक पनि ३८ दशमलव ९७ अंकले बढेर १२ हजार एक सय ३३ दशमलव ४८ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समुहको सूचक पनि एक सय छ दशमलव ८० अंकले बढेर ११ हजार दुई सय ९३ दशमलव ५८ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ४०, ५९ दशमलव ४८, ७३ दशमलव ७५, शुन्य दशमलव २६, १६ दशमलव शुन्य पाँच र नौं दशमलव शुन्य सात अंकले बढेका छन् ।
नेप्सेमा आज शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैंयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिशतले घटेर तीन सय ६१ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने आज प्रतिकित्ता छ सय ६० रुपैंयाँ अन्तिम मुल्यमा ३३ करोड ९३ लाख ५१ हजार एक सय एक रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीह्रुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया