शुक्रबार, जेठ ४, २०८१

युरोपले बन्द गर्दैछ आफ्नो ढोका

नेपालखोज २०८० असार २७ गते १८:५९

शीतयुद्धको अन्त्यमा विश्वभर लगभग एक दर्जन सीमा पर्खालहरू थिए। त्यसयता उनीहरुको संख्या ६ गुणा बढेको छ । यो कुरा मार्च २०२२ को एक विशेष लेखमा भनिएको छ। यी पर्खालहरू शिर्षकको उक्त लेख अनुसार यी पर्खालले अनियमित वा अवैध आप्रवासन रोक्ने काम गर्छन । यद्यपि यो गलत साबित भएको छ । यी सीमा अवरोधहरू त्यति प्रभावकारी छैनन्। युरोप आफ्नो सिमाना बन्द गर्न बारहरू खडा गर्ने मामिलामा सबैभन्दा अगाडि छ। गत वर्ष बाहिरिएको युरोपेली संसदको एउटा पेपर अनुसार अहिले युरोपियन युनियन र सेन्जेन क्षेत्रको दायराभित्र १९ ठाउँमा सीमाना वा बार लगाइएको छ । तिनको संयुक्त लम्बाइ २०४८ किलोमीटर छ । जबकि २०१४ मा यो लम्बाइ ३१५ किलोमिटर मात्र थियो।

युरोपमा सबैभन्दा लामो बार

लिथुआनियाले गैर-ईयू देश बेलारुससँगको ७०० किलोमिटर सीमानामा खडा गरेको छ। २०२१ को गर्मी र शरद ऋतुमा हजारौं मानिसले अनियमित रूपमा इयु प्रवेश गर्ने प्रयास गर्दा सरकारले उक्त बारको उचाइ र लम्बाइ बढायो। युरोपेली संघले बेलारुसका शासक अलेक्जेन्डर लुकाशेन्कोलाई समस्याग्रस्त क्षेत्रबाट आप्रवासीहरूलाई जानाजानी युरोपेली संघको बाहिरी सीमासम्म पुर्‍याएको आरोप लगाएको थियो ।

अहिले बेलारुसबाट लिथुआनिया प्रवेश गर्ने सिमानामा चार मिटर अग्लो बार र निगरानी क्यामेराको सामना गर्नुपर्छ । डक्टर्स विदाउट बोर्डर्स जस्ता सहायता संस्थाहरूले धेरै अवसरहरूमा शरणार्थीहरूप्रति लिथुआनिया र अन्य युरोपेली देशहरूको कट्टर दृष्टिकोणको कडा आलोचना गरेका छन्।

प्रतिक्रिया