शनिबार, जेठ ५, २०८१

सर्यो यी फिल्मको रिलिज डेट

नेपालखोज २०८० असार २७ गते १९:०९

काठमाडाैं । रणवीर कपूरको फिल्म ‘एनिमल’ अगस्ट ११ को सट्टा डिसेम्बर १ मा रिलिज हुँदैछ भने सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्ध’ १५ सेप्टेम्बरमा रिलिज नभएर १५ डिसेम्बरमा रिलिज हुनेछ ।

आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल – २’ जुलाई ७ मा रिलिज नहुने भएको छ । अब यो चलचित्र अगस्ट २५ मा रिलिज हुनेछ ।

फिल्म ‘फुकरे’ डिसेम्बर ३१ मा रिलिज हुँदैछ । यसअघि यो फिल्म सेप्टेम्बर ७ मा रिलिज हुने बताइएको थियो ।

शाहरुख खानको ‘जवान’ जुन २ मा रिलिज हुने भनिएको थियो तर अब यो चलचित्र सेप्टेम्बर ७ मा रिलिज हुँदैछ ।

रकी र रानीको प्रेमकथामा आधारित फिल्म यही जुलाई २८ मा रिलिज हुँदैछ । यसअघि यो चलचित्र अप्रिल २८ मा रिलिज हुने तय गरिएको थियो ।

अजय देवगनको फिल्म ‘मैदान’ २३ जुनमा रिलिज हुने तय भएको थियो । अब यो चलचित्र त्यो मितिमा रिलिज हुने छैन भने यसको नयाँ रिलिज मिति पनि घोषणा गरिएको छैन ।

चलचित्र ‘आदिपुरुष’ यसअघि १२ जनवरीमा रिलिज हुने भएपनि १६ जुनमा रिलिज भएको थियो । यसैगरि कार्तिक आर्यनको फिल्म ‘शहजादा’ १० फेब्रुअरीको सट्टा १७ फेब्रुअरीमा रिलिज भएको थियो ।

प्रतिक्रिया