मंगलबार, वैशाख १८, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २७ गते २३:१६

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, राजकीय सम्मानसहित अन्त्यष्टि ।

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि झापाको एक मन्टेश्वरीका सञ्चालकसहित तीन जना पक्राउ ।

ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ ।

भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर ।

कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश ।

राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार धरौटीमा छुटे ।

१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले हालेको मुद्दामा साम्राज्ञीको जित ।

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने ।

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते बस्ने ।

एमालेले डाक्यो सचिवालय बैठक ।

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ।

बुधबार नेप्सेमा सुधार, २५ अंकले बढ्दा तीन अर्ब १८ करोडको सेयर किनबेच ।

पञ्जाबमा आगलागी हुँदा १० जनाको मृत्यु ।

एनभीए भलिबलमा टिपटप र आर्मीको विजयी ।

प्रतिक्रिया