मंगलबार, वैशाख ३०, २०८२

सचिव राउतलाई २४ घन्टाभित्र सर्वोच्चमा पेस गर्न आदेश

नेपालखोज २०८० असार २८ गते १६:३२

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले २४ घन्टाभित्र सर्वोच्च पेस गर्न आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश गरेको हो।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित उपस्थित हुनु,’ आदेशमा भनिएको छ, ‘म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’

प्रतिक्रिया