शनिबार, असार ७, २०८२

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

नेपालखोज २०८० असार २९ गते ७:३७

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।  दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन । 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने छन् ।

साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन् । 

प्रतिक्रिया