मंगलबार, वैशाख ३०, २०८२

केही विपद्को स्थिति र त्यसको सामना गर्ने उपाय  

नेपालखोज २०८० असार २९ गते ८:१०

बाढी

विपद्अघिको तयारी

विपद्का बेला वा विपद्पछि बालबालिकालाई पौडी खेल्न सिकाउने ।
प्रशस्त खानेपानीको व्यवस्था गर्ने ।
बगिरहेको पानी धमिलो छ कि भनेर हेर्ने ।
    
विपद्का बेला वा विपद्पछि

अग्लो ठाउँ वा माथिल्लो तलामा जाने ।बाढी आएको नदी नतर्ने।
बाढीको पानीमा नपौडिने वा नखेल्ने ।
बाढीको पानी नखाने ।
विषालु सर्प तथा किराहरूसँग सतर्क रहने ।

चट्याङ र विजुली चम्काइ

विपद्अघिको तयारी

यस्तो समयमा घरबाहिर नखेलाउने ।
बत्ती निभाउने र विद्युतीय उपकरणहरू बन्द गर्ने ।

विपद्का बेला वा विपद्पछि

झ्याल, ढोका, अग्ला रुख, पहाडका चुचुरा, खुला स्थान, खम्बाहरू नजिक नबस्ने, करेन्ट लाग्ने धातुहरूलाई नछुने । बलियो घरमा बस्ने । 

आँधीबेरी, हुरीबतास

विपद्अघिको तयारी

बदलिँदो मौसमप्रति सजग रहने ।
आफ्नो घरमा र छिमेकमा सुरक्षित कोठा वा ठाउँ तोक्ने ।
मौसमसम्बन्धी जानकारी लिने ।
सुरक्षा बक्सा (सेफ्टी किट)को व्यवस्था गरेर राख्ने ।

विपद्का बेला वा विपद्पछि

तुरुन्तै आश्रय खोज्ने, रुख, विजुलीको पोल छेउमा नबस्ने । घरभित्रै बस्ने ।
सबै झ्याल तथा ढोकाहरू बन्द गर्ने ।
सबै विद्युतीय उपकरणहरू बन्द गर्ने ।
आगो निभाउने । आगोको झिल्काहरू छन् भने धुलोे माटाले निभाउने ।

भुइँचालो    
   
विपद्अघिको तयारी

कहाँ र कसरी भवनबाट निक्लिने भन्ने बारे बालबालिकालाई सिकाउने ।
घुँडा टेकी गुडुल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने भनिने अभ्यास सिकाउने र गर्ने । आफूलाई सधैँ आवश्यक सामग्री तथा आपत्कालीन स्थितिमा काम लाग्ने सामान राखेको झटपट झोला तयारी अवस्थामा राख्ने । 

विपद्का बेला वा विपद्पछि

बलियो टेबुलमुनि घुँडा टेकी गुडल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने अभ्यास गर्ने । रुख, भवनजस्ता कुराबाट टाढा रहने । कम्पन नरोकिउन्जेल सुरक्षित ठाउँमा रहने ।
झ्यालहरूबाट टाढा रहने । घरबाहिर हुनुहुन्छ भने घरभित्र नपस्ने ।
सलाई, ग्याँस वा बत्तीका स्विच प्रयोग नगर्ने ।

आगलागी

विपद्अघिको तयारी

घरबाट कसरी निस्किने भन्नेबारे दुईओटा उपाय बालबालिकालाई बताउने ।
घरबाट निस्किने तरिका अपनाउन बालबालिकासँग अभ्यास गर्ने ।

विपद्का बेला वा विपद्पछि

भुइँमा घोप्टो परी घस्रिँदै निक्लिने ।
धुवाँ आएको कोठाको ढोका कहिल्यै नखोल्ने ।
कपडामा आगो लागेमा आगो ननिभुन्जेल गुडुल्की मार्ने ।
मद्दतका लागि गुहार माग्ने ।

अत्यधिक चिसो (शीतलहर) 

 विपद्अघिको तयारी
  
बालबालिकाका लागि न्यानो लुगा, कपडा तथा कम्बलहरू तयार राख्ने ।
घरमा पर्याप्त दाउरा जम्मा गरेर राख्ने ।
मौसमसम्बन्धी सुसूचित हुने ।

विपद्का बेला वा विपद्पछि

बालबालिकालाई घरभित्रै राख्ने ।
बालबालिकालाई चिसोमा र पानीसँग खेल्न नदिने ।
बालबालिकालाई न्यानो कपडा लगाइदिने ।
बालबालिकाको शरीरमा अल्प ताप (हाइपोथर्मिया) हुनबाट बचाउन आफ्नो छातीमा टाँसेर राख्ने ।
बालबालिकालाई सन्तुलित तथा नियमित खानासहित तातो सुप र दालको रस खान दिने ।

अत्यधिक गर्मी

विपद्अघिको तयारी

तातोहावा (लु) मौसमसम्बन्धी सुसूचित हुने ।
हावाको प्रवाह हुने गरी घरका 
झ्यालहरू खुला राख्ने ।
बालबालिकालाई हलुको लुगाको व्यवस्था गर्ने ।
पर्याप्त मात्रामा सुरक्षित खाने पानीको व्यवस्था गर्ने ।
तापसँग सम्बन्धित रोगहरूको उपचारबारे जानकारी राख्ने ।

विपद्का बेला वा विपद्पछि

घामबाट जोगिन बालबालिका घरभित्र खेल्न र अन्य क्रियाकलाप गराउने ।
बालबालिकालाई सन्तुलित तथा नियमित खाना खुवाउने ।
बालबालिकालाई प्रशस्त सफा पानी खुवाउने ।
तातो घामबाट बचाउन टोपी लगाउन दिएर, टाउको र अनुहारको रक्षा गर्ने ।
बालबालिकालाई हल्का रङका खुकुला कपडा लगाईदिने ।

महामारी     

विपद्अघिको तयारी   

के कस्तो महामारी हो, भरपर्दो सरकारी वा गैरसरकारी स्वास्थ्यसम्बन्धी स्रोतबाट सूचना सङ्कलन गर्ने । घरमै बस्नुपर्ने अवस्थाको लागि तयारी गर्ने । अनावश्यक रूपमा खाद्यान्न तथा औषधी नथुपार्ने । नेपाल सरकारले तोकेका नियमको पालना गर्ने । 

विपद्का बेला वा विपद्पछि

बहिर नजाने, जानै परेमा मास्क लगाउने, फर्केपछि लुगा फेर्ने, साबुनपानीले हात धुने । रोग लागेको अवस्थामा स्वास्थ्य मन्त्रालयको नियम पालन गर्ने ।

युनिसेफ नेपाल

प्रतिक्रिया