कोसी ब्यारेजमा ट्रक खस्यो
नेपालखोज
२०८० असार २९ गते ११:५८

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजमा आज ट्रक खसेको छ ।
ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोसी नदीमा खसेको हो ।
नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । यसैबिच कोसीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया