सोमबार, वैशाख ३१, २०८१

भारतको ओडिसा टेलिभिजनले थाल्यो एआई समाचार वाचन

नेपालखोज २०८० असार २९ गते १३:४५

काठमाडौं । हालै भारतीय टेलिभिजन च्यानल ओडिसाले एआई समाचार वाचिका राखेको समाचार सार्वजनिक भएको छ ।

‘लिजा’ नाम भएकी ती एआई समाचार वाचिकाले टेलिभिजन प्रसारण र पत्रकारितामा नयाँ आयाम थपिदिएको टेलिभिजनले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको एआई समाचार वाचिका क्षेत्रीय स्तरको पहिलो एआई समाचार वाचिका भएको कम्पनीको दाबी छ ।

कम्पनीले ट्वीटरमार्फत सार्वजनिक गरेको भिडिओमा एआई समाचार वाचिकाले विभिन्न भाषामा समाचार वाचन गरेको देख्न सकिन्छ । कम्पनीका अनुसार एआई समाचार वाचिकाले अङ्ग्रेजी, ओडिया र अन्य भाषामा समाचार वाचन गर्ने सक्षम छिन् ।

२०२२ नोभेम्बरमा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढेको छ । विशेषगरी मानिसकै शैलीमा प्रश्नमा जवाफ दिन सक्ने, निबन्ध, कथा, कविता, प्रपोजल जस्ता सामग्री लेखिदिने भएपछि यो टुल धेरैको रोजाइमा परेको छ ।

प्रतिक्रिया