शुक्रबार, जेठ ४, २०८१

भुटानीलाई जापानमा छात्रवृत्ति

नेपालखोज २०८० असार २९ गते २०:३८

थिम्पु । जापानले पहिलो पटक दुईजना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ । ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने जानकारी दिँदै नयाँदिल्लीस्थि जापानी राजदूतावासले भुटानको शाही निजामती सेवा आयोगसँग जापानको अन्तरराष्ट्रिय स्वास्थ्य कल्याण विभागले जनाएको छ ।

भुटानले जापानको स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग त्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पनि गरेको छ । भुटान बाहेकका दक्षिण एसियाली देशलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको जापानले यसपटक थिम्पुलाई पनि सहायताको सूचीमा यसपटक समावेश गरेको छ ।

शैक्षिक आदानप्रदान र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिने जापान सरकारको नीतिअनुसार भुटानी विद्यार्थीहरूका लागि मात्र छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ । छात्रवृत्ति कार्यक्रमले जापान र भुटानबीचको सांस्कृतिक समझदारी प्रवद्र्धनका साथै भुटान र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसले स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर–सांस्कृतिक संवाद र सहयोगलाई बढावा दिनेछ विश्वास भुटान सरकारले गरेको छ । भुटानले आफ्नो स्वास्थ्य सेवा क्षेत्रको विकासलाई प्राथमिकता दिएकामा त्यसको प्रशंसा गर्दै जापान सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया