शनिबार, असार ७, २०८२

लुम्बिनी प्रदेशसभाकाे बैठक बस्दै

नेपालखोज २०८० असार ३० गते ७:३७

रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश संसद सचिवालयका अनुसार बैठक  दिउँसो १ बजे बस्ने छ । गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । 

प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया