शनिबार, जेठ ५, २०८१

सय करोड भन्दा बढि घाटा खाने फिल्म

नेपालखोज २०८० असार ३० गते १२:०७

काठमाडाैं । निर्माताले ‘आदिपुरुष’ को निर्माण ६ सय करोडमा गरेका हुन । यद्यपि यो फिल्मले ३ सय करोड पनि कमाउन सकेन । ‘सम्राट पृथ्वीराज’को बजेट २०० करोड थियो तर यो फिल्मले ६५ करोडमा मात्र कमाउन सक्यो ।

२७० करोडमा बनेको शाहरुख खानको ‘जिरो’ ले सय करोड पनि कमाउन सकेन । ३०० करोडमा बनेको ‘राधेश्याम’ पनि फ्लप भयो । यो फिल्मले १९० करोड मात्र कमाउन सक्यो ।

रणवीर कपुरको ‘शमशेरा’ १५० करोडमा बनेको थियो तर यो फिल्मले मात्र ४२ करोड कमायो । चलचित्र ‘८३’ बनाउन निर्माताले २६० करोड रुपैयाँ खर्च गरेका थिए । यो फिल्मले मात्र १०३ करोड कमाउन सक्यो ।

‘लाल सिंह चड्ढा’को कमाई करिब ६० करोड थियो तर यसको निर्माणमा १८० करोड खर्च लागेको थियो । ‘बच्चन पाण्डे’ बनाउन १५० करोड खर्च भएको थियो । यो फिल्मले ५० करोड मात्र कलेक्सन गरेको थियो ।

‘बम्बे भेलभेट’बाट पनि निर्माताहरुले अपेक्षा गरेका थिए । यो फिल्मले निर्मातालाई नराम्रो असर गर्यो । पछिल्लो फिल्म ‘धाकड’ मा कंगनाको एक्शन अवतारले पनि काम गर्न सकेन र यो चलचित्र पनि ठुलो घाटामा गयो ।

प्रतिक्रिया