शुक्रबार, वैशाख ७, २०८१

‘धोकेबाज हौँ तिमी’को समाचारप्रति शिव परियारको आपत्ति

नेपालखोज २०७९ चैत ७ गते १२:४२

काठमाडौं । पछिल्लो समयको हिट गीत ‘धोकेबाज हौँ तिमी’लाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सोही गीतका गायक शिव परियारले आपत्ति जनाएका छन् ।

गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार प्रति गायक परियारले प्रेस विज्ञप्तीमार्फत आधिकारिक धारणा सार्वजनिक गरेका छन् । उनले बनिबनाउँ कन्ट्रोभर्सी खबरबाट शुभचिन्तकहरुलाई सर्तक रहिदिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा÷सङ्गीतकार सुबास कार्की ’कार्की जि’ ले आधिकारिक रुपमा मेल, फिमेल र चाईल्ड तीन ओटा भर्सनमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ, यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो, अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन् र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौं ।’

मेल, फिमेल र चाईल्ड भर्सनमा आफ्नो स्वर दिएका गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका भएकाले विवाद गर्नु पर्ने आधार र आवश्यकता नरहेको गायक परियारले बताएका छन् । सरल विषयलाई अप्राकृतिक कन्ट्रोभर्सीमा आकर्षित गर्नका लागि लेखिएका समाचारप्रति विश्वास नगर्न आग्रह गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा शिव परियार र एलिना चौहानबिच जस लिने होडबाजी आशयको समाचार प्रकाशित भएको थियो । मेल भर्सनमा शिव परियार, फिमेल भर्सनमा एलिना चौहान र चाईल्ड भर्सनमा सुप्रिम मल्ल ठकुरीले स्वर रेकर्ड गराएका छन् ।

प्रतिक्रिया