जति धेरै जिम्मेवारी त्यति धेरै नियन्त्रण

यदि तपाईं खुसी हुनुहुन्न भने तपाईंले परिवर्तनहरू गर्नुपर्छ । तपाईं आफ्ना लागि काम गर्नुहुन्छ, जागिरको पहिलो दिनदेखि सेवानिवृत्ति सम्म । तपाईले पाउने तलब चेकमा जसले हस्ताक्षर गरे पनि तपाई आफ्ना लागि काम गर्नुहुन्छ । यदि तपाईं आफ्नो कामको कुनै पनि भागबाट सन्तुष्ट हुनुहुन्न भने तपाईं परिवर्तनका लागि पनि तयार हुनुपर्नेछ ।
कठिनाइले हामिलाई बलियो बनाउँछ । हामिसँग समस्याको एउटा भागमा मात्र नियन्त्रण छ र त्यो समस्याप्रति हाम्रो प्रतिक्रिया हो। समस्याले हामी भित्रको उत्कृष्टलाई बाहिर ल्याउँछ, हामीलाई बलियो र प्रभावकारी बनाउँछ । जति धेरै दबाब हुन्छ हामि समाधान खोज्न त्यति नै उत्सुक हुन्छौं र त्यति नै रचनात्मक बन्छौं ।
सफलता होस् वा असफलता दुबै हाम्रै हो ।जो आफ्ना हरेक कुराको श्रेय र दोष लिन्छन् उनिहरु सफल हुन्छन् । कतिपय मानिसहरु सफलताको श्रेय त आफु लिन्छन् तर असफलताको दोष अरुलाई दिन्छन् । यो सरासर बेइमानी हो । तपाईंले आफ्नो जीवनको कुनै पनि क्षेत्रमा जति धेरै जिम्मेवारीहरू स्वीकार गर्नुहुन्छ, त्यति नै बढी नियन्त्रण महसुस गर्नुहुन्छ।
इमान्दार व्यक्तिका रूपमा आफ्नो पहिचान बिकसित गर्नुपर्छ । जब तपाईं इमान्दार व्यक्तिका रूपमा चिनिनुहुन्छ तब मानिसहरूले तपाईंलाई समर्थन गर्नेछन् । परिस्थिति अनुसार परिबर्तन हुने मूल्यमान्यताको झलक तब पाइन्छ जब कसैले एउटा कुरा गर्छ र काम अर्कै गर्छ । तपाईले के भन्नुहुन्छ फरक पर्दैन, तपाईले के गर्नुहुन्छ त्यसले फरक पार्छ ।
प्रतिक्रिया