तापक्रम वृद्धिको मार मौरीमाथि

तातो वसन्तका कारण माहुरीहरू आफ्नो निश्चित समयभन्दा पहिले नै घारबाट बाहिर आउन थालेका छन् जसका कारण स्याउ / नशपाती जस्ता बालीको परागणलाई खतरामा पारेको छ । यो कुरा एउटा नयाँ अध्ययनका क्रममा खुलासा भएको हो ।
बेलायतमा यस किसिमको सबैभन्दा ठूलो अनुसन्धानले जलवायु परिवर्तनका कारण तापक्रममा हरेक एक डिग्री सेल्सियस बृद्धि हुँदा जंगली माहुरीहरूले औसत ६।५ दिन अघि नै आफ्नो घार छोड्ने कुरा पत्ता लगाएको हो ।
यसबाट वसन्त ऋतु र मौरीहरूको कामको समयबिचको तालमेल बिग्रेन सक्छ । यसको अर्थ मौरिका लागि खाना कम हुन सक्छ भने बालीलाई प्रभावकारी रूपमा परागकण निशेचन गर्ने काममा अबरोध खडा भएर बालीको फूल पूर्णतया हराउन सक्छ ।
युनिभर्सिटी अफ रिडिङ्स स्कूल अफ एग्रीकल्चर , पोलिसी एन्ड डेभलपमेन्टका अनुसन्धानकर्ता क्रिस वाइभरको नेतृत्वमा गरिएको यो अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ।
अध्ययन अनुसार बढ्दो तापक्रमले मौरीको जीवन कष्टकर बन्दै गएको छ । बाताबरणिय तातोपनका कारण माहुरीहरू चाँडै हाइबरनेशनबाट बाहिर आउँछन् तर बाहिर तिनीहरूलाइ ऊर्जा प्रदान गर्न पर्याप्त खाना हुँदैन ।
बिरुवाको फूल फुल्ने समय र लार्भा मौरि परिपक्व भएर घार बाहिर आउने समय मिल्नु निकै महत्त्वपूर्ण हुन्छ किनभने मौरिले आफ्नो अस्तित्व र सन्तान उत्पादन गर्ने सम्भावना बढाउन पराग र फूलहरू खोज्नु आवश्यक छ । यसमा बेमेलको अर्थ माहुरीहरूले प्रभावकारी रूपमा परागण सेचन गर्न सक्दैनन् । यसमा असन्तुलनको परिणाम स्याउ/ नाशपातीआदिको उत्पादन देखि फिएर मौरिको अस्तित्वसम्म पर्न सक्छ ।

प्रतिक्रिया