आइतबार, जेठ ६, २०८१

किन गाउँ फर्किन्छन् पुष्पा र अञ्जली ?

नेपालखोज २०८० असार ३१ गते ११:५१

काठमाडौं । पुष्पा र अञ्जली नामका दुर्लभ एक सिङे गैँडाका टुहुरा बच्चालाई उनीहरूको प्राकृतिक वासस्थानमा छाडिए पनि गाउँमै फर्कने गरेका छन् ।

माउबाट छुट्टिएको अवस्थामा फेला परेका ती गैँडाहरूलाई चितवन राष्ट्रिय निकुञ्जमा औषधोपचार र स्याहारसुसार हुँदै आएको थियो ।

मानिसकै साथमा हुर्केका पुष्पा र अञ्जली वयस्क हुन थालेपछि गत जेठ महिनामा निकुञ्ज मुख्यालय कसरा नजिकको लामितालमा लगेर छाडिएको थियो ।

तर उनीहरू नदी तरेर निकुञ्ज नजिकका गाउँमा फर्किएकापछि त्यस ठाउँका गाउँलेहरू खेती बाली नष्ट हुने र आक्रमणमा समेत पर्न सकिनेमा चिन्तित छन् । –BBC

प्रतिक्रिया