एमाले प्रचार विभागमा को–को थपिए
नेपालखोज
२०८० असार ३१ गते १३:४६

काठमाडौं । नेकपा (एमाले)ले प्रचार विभागमा ११ जना सदस्य थपेको छ ।
शनिबार बसेको २३ औं सचिवालयको बैठकले प्रचार विभागमा डा. महेन्द्र विष्ट, गणेश पाण्डे, दीपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई मनोनित गरिएको छ ।
यसैगरी सूर्यमणि गौतम, लिलाराज भट्टराई, लालबाबु शेख, हेमन्त पौडेल, अक्षेरी पोखरेल सदस्य मनोनित भएका छन् ।
यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी, रोशन खड्कालाई प्रचार विभाग सदस्य बनाइएको थियो ।
अहिले प्रचार विभागमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन् भने गगन विष्टलाई सचिवको जिम्मा दिइएको छ ।
यसअघि प्रचार विभाग प्रमुख रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङ संसदीय मामिला विभागको प्रमुख बनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया