शनिबार, असार ७, २०८२

श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा

नेपालखोज २०८० असार ३१ गते १५:५१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै महामन्त्री शर्माले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजार बाट बढाउनुपर्ने भन्दै शर्माले सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी टुंगोमा पुर्‍याउन माग गरे ।

प्रतिक्रिया