आइतबार, असार २२, २०८२

आफ्नै देशमा विस्थापित

नेपालखोज २०८० साउन १ गते १०:३१

आफ्नो घर छोड्न बाध्य भएका सबै मानिसले आफ्नो देश छोड्दैनन्। यूएनएचसीआर( UNHCR )का अनुसार संसारभरका सबै “जबरजस्ती विस्थापित मानिसहरू” को ६० प्रतिशत ( बहुसङ्ख्यक ) वास्तवमा आन्तरिक रूपमा विस्थापित छन्।

यूएनएचसीआरले यो अनुपात हाल सिरियामा सबैभन्दा उच्च रहेको बताएको छ। जहाँ सम्पूर्ण जनसंख्याको एक तिहाइ आफ्नै घरमा शरणार्थी छन्। सिरिया पछि कोलम्बिया र यमन जस्ता देशहरू छन् जहाँ यो संख्या लगभग १३ प्रतिशत छ भने अफगानिस्तानमा ९ प्रतिशत, प्रजातान्त्रिक गणतन्त्र कङ्गो ६ प्रतिशत तथा इथियोपिया ३ प्रतिशत छ ।

यो आँकडा द्वन्द्व र हिंसाका कारण विस्थापित भएकाहरुको हो । जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित व्यक्तिलाई यो तथ्याङ्कमा समावेश गरिएको छैन । यूएनएचसीआरले तिनीहरूलाई छुट्टै गणना गर्दछ। यूएनएचसीआरका अनुसार सन् २०२१ मा वातावरणीय कारणले २ करोड ३७ लाख मानिस आन्तरिक रूपमा (आफ्नो देश वा क्षेत्रमा) विस्थापित भएका थिए ।

यस्तो विस्थापनबाट सबैभन्दा बढी चीन, फिलिपिन्स र भारतका मानिस प्रभावित छन् । बाढी वा खडेरीका कारण आफ्नै देश भित्र एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने मानिसहरू प्रायः (जब अवस्था सामान्यमा फर्किन्छ) तुलनात्मक रूपमा छिटो आफ्नो घर फर्कन्छन् । -एजेन्सी

प्रतिक्रिया