एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
नेपालखोज
२०८० साउन १ गते १२:१३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ । पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया