आजकाे माैसम : कुन-कुन प्रदेशमा छ भारी वर्षाकाे सम्भावना ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरस्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागले उल्लेख गरेको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू-भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
आज दिउँसाे कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य रहने छ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया