शनिबार, असार ७, २०८२

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै

नेपालखोज २०८० साउन २ गते ७:२९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको हाे ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा  उक्त बैठक बस्ने छ ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा. गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया